नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो । पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र म्याग्दीसँग सिमा जोडिएको यस जिल्लाको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किमि छ । ३ संसदिय राजनीतिक क्षेत्र, १३ इलाका र ५९ गाविस रहेको बागलुङको एक मात्र नगरपालिका बागलुङ नगरपालिका हो । बागलुङ बजार जिल्लाको मात्र सदरमुकाम नभएर धौलागिरी अञ्चलकै सदरमुकामका रुपमा स्थापित छ । बाहुन र क्षेत्री जातीको बाहुल्यता रहेको यस जिल्लामा मगर, कामी, सार्की, दमाई, नेवार, गुरुङ्ग र थकाली लगायतका जातीको बसोबास छ ।
झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि जिल्लाले अर्को चिनारी बनाएको छ । अधिकाशं पहाडी भुभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसंङ्ग छ । एक कहावत कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिड्दा पनि ताँती लागेर हिड्ने भएकाले जनजीवन भयभित भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानिय मगराती जातीमा ब्याक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काटने वा मास्ने काम गरेकाले यसै प्रसंगमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । यसै प्रसंगमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । बाक़ी
Thursday, December 9, 2010
Thursday, December 31, 2009
Thursday, November 12, 2009
Monday, October 13, 2008
Subscribe to:
Posts (Atom)








